ओमानबाट ल्याइएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । ओमानबाट नेपालमा ल्याइएको स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

ओमानको लागि नेपाली राजदूत शर्मिाला पराजुली ढकालले नेपालीहरूबाट प्राप्त सहयाेग नेपाल पठाएकी हुन् ।

मध्यपूर्वका गैरआवासीय नेपाली र नेपाली समुदायले पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल ल्याइएकाे थियाे ।

साे सामग्री  आज स्वास्थ्मन्त्रीलाई हस्तान्तरण गरिएकाे हो ।  नेपाली श्रमिक र गैरआवासीय नेपालीहरूले यसरी पठाएको सामग्री दुरूपयाेग नहाेस् भन्ने चाहना नेपालीहरूकाे छ ।