९ सय पर्ने रेम्डेसिभिरलाई ५ हजार ४ सय, औषधी व्यवस्था विभागकै मिलेमतोमा हाम्रो मेडि कन्र्सनको लुट

काठमाडौं । कोभिड १९ संक्रमति विरामीको उपचारका लागि भन्दै भारतमा समेत प्रतिवन्ध लगाइएको रेम्डेसिभिर कालोबजारी हुन थालेको छ । खुद्रा मूल्य नेपालका लागि ५ हजार ४ सय उल्लेख गरिएको सो एण्टिभाइरल औषधी विश्व स्वास्थ्य संगठनलेले कोभिडका संक्रमतिहरुलाई प्रयोग नगर्न भने पनि भारतमा उत्पादन गरिएको रेम्डेसिभिर खुल्लम खुल्ला विक्री भईरहेको छ ।

अझ औषधी व्यवस्था विभागका उच्च कर्मचारीहरुको मिलेमतोमा चर्को मूल्यमा हाम्रो मेडि कन्र्सनले लुट मच्चार्यरहेको देखिन्छ । हाम्रो मेडि कन्र्सनमा निषेधाज्ञा बाबजुत देखिने काठमाडौंमा कोभिड संक्रमितको उपचार गराईरहेका अस्पतालका फार्मेसीरुको भीडले नै स्पष्ट पार्दछ । आम नागरिकहरुको स्वास्थ्य उपचार गरेर जीवन बचाउनु पर्ने अवस्थामा कालोबजारी गरेर २५ हजारसम्म विरामीका आफन्तहरुसँग असुल्ने गरेको पाइएको छ ।

अझ कोभिड संक्रमितहरुको उपचार गराईरहेका ठूला अस्पतालका चिकित्सकमरुले त विरामी बचाउनका लागि सो औषधी अनिवार्य भन्दै खरिद गर्न लगाएको पनि भेटिएको छ । भारतमा निकै विवादित बनेको यो औषधी कोभिड १९ का विरामीलर्य प्रयोग नगर्न शुक्रबार पुन आग्रह गरेको छ । यस अघि पनि विश्व स्वास्थ्य संगठनले सो आग्रह गरिसकेको थियो ।

औषधी उत्पादन र अस्पतालका माफियाहरुले रेम्डेसिभिरका नाममा विरामीहरुसँग लुट मच्चाउन थालेपश् ि आपतकालिन अवस्थामा प्रयोग हुँदै आईरको रेम्डेसिभिरलाई विश्व स्वास्थ्य संगठनले औषधीको सूचिबाट नै हटाएको छ । तर नेपालमा करोडौंको आर्थिक प्रलोभनमा परेर औषधी व्यवस्था विभागले नेशलन हेल्थ केयरलाई नेपालमा उत्पादन अनुमति दिएको छ ।