१६ खर्बभन्दा बढीको बजेट सार्वजनिक हुने सम्भावना

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने भएका छन्। संवैधानिक व्यवस्था अनुसार संसदमा पेस हुनु पर्ने बजेट अध्यादेश जारी गर्दै अर्थमन्त्री पौडेलले एक कार्यक्रमबीच  बजेट पेश गर्न लागेको बताइएकाे छ ।  अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्ने बताइएको छ। कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।