श्रीमानको कुटपिटले श्रीमतीको ज्यान  गयो

सिरहा । सिरहामा एक जना श्रीमानको कुटपिटले श्रीमतीको ज्यान  गएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ । बिहीबार राति झगडा गरी सुतेका थिए । बिहान श्रीमतीको मृत्यु भएको अवस्थामा देखिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी कार्यालय गोलबजारका प्रहरीहरू सक्रिय भएका थिए ।  मृतकको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।