काठमाडाैं महानगरले दियो नाै अस्पताललाई ४५ वटा भेन्टिलेटर

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा कोरोना महामारीका कारण अभाव खेपिरहेका विभिन्न ९ अस्पताललाई ४५ वटा भेन्टिलेटर उपलब्ध गराइएको  छ । कोरोना महामारीको संक्रमण फैलिएसँगै अस्पतालको क्षमता बढाएर सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले महानगरले लिएकाे महानगरका मेयर विद्यासुन्दर शाक्यले जनाएका छन् ।

साेही क्रममा विभिन्न अस्पताललाई  भेन्टिलेटर  उपलब्ध गराएको  शाक्यले इकालाेपाटीलाई   बताए । महानगरले त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको हाे । यसरी  भेन्टिलेटरको संख्या  ४५ पुगेको हो ।