म्यानचेस्टर फर्केलान् राेनाल्डो ?

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने तयारी गरेको बुझिएको छ । रोनाल्डोलाई क्लबमा फर्काउन म्यानचेष्टरले जुभेन्टसँग विभिन्न अफर गरेको  बेलायती सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।  युनाइटेडले रोनाल्डोलाई पउन  मिडफिल्डर पाउल पोग्बा दिनेसमेत अफर राखेको समाचारहरूमा छाएको छ ।  रोनाल्डो  जसरी पनि प्राप्त गर्न  युनाइटेड लागि परेकाे खबरले खेल जगत् तातेको छ । म्यानचेष्टर युनाइटेड उनको पुरानो घर हो । म्यानचेष्टरमा उनका प्रशंसकहरू पनि निकै रहेका छन् । युनाइटेड राेनाल्डो पाउन लागि परे पनि युभेन्टस राेनाल्डाे गुमाउन चाहान्छ कि चाँहदैन भन्ने अर्को विषय छँदै छ । यता राेनाल्डोको राेजाइमा पनि यो कुरा भर पर्छ ।