बजेटमा ‘चरी कल्याणकारी कोष’ छुटेछ नि ?

काठमाडाैं । सामाजिक सञ्जाल टुइटरमा विभिन्न खाले  शब्दवाण हान्ने कामहरू भइरहन्छन्र । यसै सन्दर्भमा बजेट भाषणपछि विभिन्न खाले प्रतिक्रियाहरू देखिएका छन् । तिनलाई समेटेर इकालाेपाटी संवाददाताले समाचारको रूप दिएका छन् । हेराैं टुइटहरू…

बाबुराम भट्टराई

अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!

खगेन्द्र संग्राैला 

धुन्धुकारी ओली प्रवृत्तिका क्रियाकलापमा देशकाे दशा र दिशा: -गणतन्त्र दिवसकाे उत्सव जङ्गी अड्डामा! -नेकपा ताेडफाेड,एमाले ताेडफाेड,जसपा ताेडफाेड! -मान्यवर कमले मण्डलेसँग गाेप्य वार्ता! -अन्तत: राजावादी राप्रपासँग एकता,नेपाल हिन्दु अधिराज्य घाेषणा! अनि राजाचैँ ज्ञानेन्द्र कि खड्ग? थप टुइट अग्घाेरै अद्यादेशप्रेमी ओलीतन्त्रका अर्थमन्त्री मिस्टर बि.पाैडेलद्वारा प्रस्तुत बजेटमा त गाँठ्ठे,जूनलाई सुन बनाएर प्रत्येक घरलाई एक-एकवटा जून टक्रयाइने छ भन्नुबाहेक केही दिन बाँकी राखिएन।अबकाे चटके नारा “स्वर्गतुल्य नेपाल,मखेलेल नेपाली” हुने हाेला।चटककान्तले क्या ल्याउँछ बा पारा!

विजय कुमार पाण्डे, पंचायत छँदा लाग्थ्यो,यो गए रामराज्य आउँछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए-पक्कै। गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए। मेरो जीवनका सत्य धेरै पटक बदलिए। मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो

काग दाइ , धितो राखिएको शैक्षिक प्रमाणपत्र लिलामी हुने अवस्था आई पर्यो भने हाम्रा केही माननीयहरुलाई धितो सकार्ने पहिलो प्राथमिकतामा राखियोस् ताकी सकार्नेको शैक्षिक योग्यता बढोस् ।

प्रदिप भट्टराई, वृद्धभत्ता ४००० होइन १० हजार दिनेगरि घोषणापत्र बनाउनु पर्छ। युवाभत्ताको पनि केहि व्यबस्था गर्नुपर्छ।

गजेन्द्र सिं बुढाथोकी , शिक्षामा ऋणको चम्मरेहरू यसरी प्रचार गर्दैछन्, मानिलिउँ BA पासको सर्टिफिकेट लिएर गयो, बैंकले धमाधम ऋण दिन्छ। यो पहिले नै ल्याइएको कार्यक्रम हो। बैंकले प्रोजेक्ट माग्छ। विश्वसनीय प्रोजेक्ट भए प्रोजेक्ट धरौटी राखेरमात्रै ऋण दिने हो। अरु त सम्झिने, पानी छम्किने।

डेभु ,मलाई त साँच्चै भन्ने हो भने बजेट भाषणमा उत्सुकता हुने भनेको तलब बढ्छ कि भनेर सुन्नलाई मात्र हो ।

मुल्ला नसरुद्दीन्,  यी मु० अर्थमन्त्रीहरुले अबको १०/१५ बर्ष पछि त एउटै बियरको मुल्य रु. १,०००/- अनि एक बट्टा सिग्रेटको रु. ८००/- बनाउछन् होला । मर्या सिल्पट्हरु ।
रत्न संसार श्रेष्ठ, ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोलामाथिको पूर्ण प्रतिबन्ध लगाइँदा चाउचाउ, बिस्कुट इत्यादि पोको पारिने प्लाष्टिकपनि प्रतिबन्धित हुन्छ कि हुन्न ?

दिलनिशानी मगर,   बिष्णु पौडेलको झुटो कुरा सुनेर बैँकमा पैसा माग्न नजानु होला नि। फेरी चोर आयो भन्दै लखेट्लान्।

प्रकाश चन्द्र परियार,  बजेट बखान : आङ्छिरिङ् विमानस्थल नामाकरण गरेका छौं। आगामी वर्ष देखि लागू हुने गरी ‘दिपक मनाङगे पर्वतारोहण प्रतिष्ठान‘, ‘चरी कल्याणकारी कोष‘ ‘यती प्रवर्धनन बोर्ड’ ‘बादल चिन्तन केन्द्र’ र ‘बालकोट अपहरणशाला’ अध्ययनका लागि आवश्यक बजेट छुट्याएकाछौं । मैले नसुनेको हो की छुट्यो?