गोकुल बाँस्कोटाको गृहजिल्लामा सिटामोल पाउन दुई घण्टा पैदल

काभ्रे  । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य सिटामोल पाउनका लागि पनि दुई घण्टा पैदल हिँड्छन् । तर,  बाँस्कोटा भने सरकारको बचाउमा दिनरात सामािजक सञ्जाल टुइटरमा अनेक कुरा गरिरहेका हुन्छन् । जिल्लाकै मानिस बचाउने काम  गरेर फाइदा पनि त छैन । चुनावका बेला स्वास्थ्य चाैकीको लालसा दिएर भोट बटुल्न पाइन्छ भने अहिले समस्या समाधान गरिदिनु घातक हुन्छ भन्ने कुरा बाँस्कोटा राम्ररी बुझ्छन् ।

गाउँमा स्वास्थ्य चाैकी र मेडिकल नहुँदा उपचार पाउनबाट पनि उनीहरू वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष  जोडिएको  स्वास्थ्य  विकासका  अत्यावश्यक  पूर्वाधारका रूपमा  लिइन्छ । यस  क्षेत्रका  नागरिक  भने  अहिले  पनि  सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

उनीहरू सामान्य औषधिका लागि वडामा रहेको च्याम्राङबेँसी स्वास्थ्य चौकीमा सेवा लिन आउनुपर्दा दैनिक दुई घण्टा आउन दाहालले  साधारण चोटपटक  लाग्दा  होस्  या  अन्य  स्वास्थ्य  सुविधा  आवश्यक  पर्दा दुई  घण्टाको  बाटो  हिँडेर  च्याम्राङबेँसीसम्म  पुग्नुपर्ने  बाध्यता  रहेको बताए ।  स्वास्थ्य  सल्लाह  लिन  प¥यो  भने  पनि  च्याम्राङबेँसी स्वास्थ्य चौकी रहेको क्षेत्रमा फोन लाग्दैन । गाउँपालिका बनेपछि सबै सुविधा सहज हुन्छ भन्थे एक चक्की सिटामोल लिन पनि दुई घण्टा हिँड्नुपर्छ, उनले दुःखेसो गरे । गोरखापत्र दैनिकमा खबर छ ।
गोकुल बाँस्कोटा भने जिल्लाका यी खबर देखिइरहँदा फेसबुकमा विश्वमै सबैभन्दा विकसित ठाउँ हो भन्ने लबजमा कुर्लिरहेका छन् ।  काभ्रेमा गतसाल सुरु गरिएका बाहेक थप सातवटा रुपान्तरणकारी आयोजाना बजेटमा समावेश भक्तपुर- रवी पाँचखाल सुरुङमार्ग,बनेपामा फिल्म सुटिङ स्टुडियो,दोलालघाट-चतारा जलमार्ग र कागती उत्पादन,अरनिको राजमार्ग चारलेन,काभ्रेभ्याली स्मार्ट सिटी र मण्डन शहरी पुर्वाधार। धन्यवाद, नेपाल सरकार।