गृहले गर्यो नेपाल प्रहरीकी एक प्रहरी निरीक्षकलाई बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्रहरी निरीक्षक(इन्सपेक्टर)लाई जानकारी नदिई लामो समय कार्यालय नआएको आरोपमा  बर्खास्त गरेको छ । इन्सपेक्टर लक्ष्मी थापालाई मन्त्रालयले सेवाबाट हटाएको हो । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमै सूचना समेत प्रकाशित गरेको थियो । प्रहरी सेवामा दु:ख धेरै तथा सेवा सुविधा कम भएकाले यसरी केही वर्षमै जागिर छाड्ने लर्को नै लागेको प्रहरीहरू बताउँछन् ।