कोभिड विरामीको उपचारका लागि विद्यासुन्दर शाक्यले बाँडे भेण्टिलेटर

काठमार्डौ । कोभिड १९ संक्रमण बढ्न नदिनका लागि सरकारले निषेधाज्ञा जारी गरिरहेका बेला विरामीको उपचार सहज होस् भन्ने उदेश्यले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विहीबार क्षेत्रपाटी स्थित छत्रपाटी निःशुल्क चिकित्सालयलाई दुई थान भेण्टिलेटर सहयोग गरेका छन् । महानगर प्रमुख शाक्यले अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठलाई भेण्टिलेटर मेसिन उपलब्ध गराएका हुन् ।

यस अघि पनि काठमाडौ महानगरपालिकाले विभिन्न कोभिड विरामीको उपचार गराईरहेका विभिन्न सरकारी तथा सामुदायिक अस्पतालहरुलाई भेण्टिलेर उपलब्ध गराएका थिए । कार्यक्रममा बोल्दै प्रमुख शाक्यले कुनै पनि विरामीहरुको भेण्टिलेटरको अभावका कारण उपचार हुनबाट बञ्चिन हुन नपरोस् भन्दै भेण्टिलेटर उपलब्ध गराएको बताए ।

साथै उनले महानगरपालिका क्षेत्रभित्र बिभिन्न स्थानमा सञ्चालन भएका आईसोलेसन केन्द्रहरुमा ५७४ शय्या रहेको र तिमध्ये १४३ वटा शय्यामा मात्र बिरामीहरु उपचारत रहेको जानकारी दिए ।‘ महानगरपालिका क्षेत्रभित्र सञ्चालन भईरहेका अधिकाशं आईसोलेसन केन्द्रका शय्याहरु खाली रहेकाले घरमा उपचार गराउन उपयुक्त नभएका महानगरबासीहरुलाई आईसोलेसन केन्द्रमा उपचार गराउनुस् हामी महानगरबासीहरुकै सेवामा खटिएका छौं ।’ प्रमुख शाक्यको भनाई थियो ।