प्रधानमन्त्रीकाे भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो  कारणले एमाले एकताको प्रयास असफल भएको  प्रधानमन्त्रीकाे भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको जनाएका छन्। सोमबार  प्रचण्डले सामािजक सञ्जाल   ट्विटरमा ट्विट गर्दै, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यसप्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’ भनी लेखेका छन् ।  एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको एकता प्रस्तावमा पुष्पकमल दहाल प्रचण्डको अनिच्छाका कारण आफ्नो प्रयास सफल  नभएको बताएका थिए । त्यसैकाे काउन्टर अट्याकमा प्रचण्डले यस्तो बताएका हुन् ।