बौद्धमा बोरामा प्याक गरेको शव भेटिनु , लकडाउनको बेला हुने बीभत्स घटनाको कहालीलाग्दो रूप

काठमाडौं । लकडाउनको बेला हुने बीभत्स घटनाको कहालीलाग्दो रूप   काठमाडौंको बौद्धमा देखिएको छ ।  बाैद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा एक जनाको शव भेटिएपछि लकडाउनका समयमा यस्ता रहस्यमय घटना भइराख्छन् । मृतकको पिहचान हुनसकेको छैन । त्यसैगरी के कारण यस्तो कहालीलाग्दो घटना घटेको हो त्यो पनि खुल्न सकेको छैन ।

मंगलवार विहान बोराबाट बाहिर खुट्टा निस्किएको र जलेको अवस्थामा शव  भेटिएको महानगरीय प्रहरी बीट बौद्धका प्रमुख डीएसपी नविन कार्कीले  बताएका छन् । लकडाउनसँगै घरेलु हिंसा र पारिवारिक किचलोका कारण यस्ता घटना घट्ने गरेको प्रहरी बताउँछ ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।