महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर छुट दिन्छाैं : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउने भएकाे छ । महानगरले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको हो ।

यद्यपि महानगरको प्राथमिकता  भने स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने भएको छ । कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने महानगर प्रमुख शाक्यले बताएका छन् । साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने उनको भनाइ छ। नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउने बताए।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने शाक्यले जानकारी दिए । मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताए। महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने उनको भनाइ छ। यसका साथै काठमाडौं महानगरले गरिररहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरी कार्यक्रम ल्याउने मेयर शाक्य बताउँछन् ।