अर्थमन्त्री भन्छन्,- चुरेबाट एक डोको माटो र ढुंगा पनि निकाल्दैनौं

काठमाडौं  । चुरेको संरक्षण नै सरकारको प्रमुख दायित्व भएकोले चुरेमा असर नगर्ने गरेर दुंगा, गिटी र बालुवाको निर्यात गर्ने कार्यक्रम ल्याइएको अर्थमन्त्री विष्णु पाैडेलले दाबी गरेका छन् ।  ढुंगा, गिट्टी, बालुवा निकासी गर्दा चुरे क्षेत्रमा उत्खनन् नगर्ने सरकार र सरोकारवाला निकायहरुको एक मत भएकोसमेत उनले बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हाकाहाकी बहसमा सरकार र सरोकारवाला निकायहरु चुरे क्षेत्रमा उत्खनन् नगर्ने विषयमा एक मत भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कान्छो पहाडको रुपमा चिनिने चुरे क्षेत्रको संरक्षणमा विशेष चासो बढिरहेको समयमा चुरेबाट एक डोको माटो र ढुंगा पनि ननिकाल्ने दाबी गरेका छन् ।  ‘खानीजन्य निर्यात गर्न मिल्ने कानुनी व्यवस्थालाई मध्यनजर गर्दै वातावरणीय प्रभाव र भौगर्भिक दृष्टिले उपयुक्त ठानिएका क्षेत्रबाट मात्रै उत्खनन् गरी निकासीको प्रबन्ध मिलाइने छ ।’  उनले भने ।