भारत पनि छिमेकी मुलुकमा खोप उपलब्ध गराउने तयारीमा

काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत अप्रिलदेखि भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यात रोक लगाएको थियो ।

उच्च स्रोतले दिएको जानकारी उदृत गर्दै भारतीय सञ्चारमाध्यम दि प्रिन्टले जुलाई अन्तिम या अगस्तको शुरुदेखि भारतले नेपाल, श्रीलंका, बंग्लादेश र भुटानलाई खोप निर्यात गर्ने तयारी गरिरहेको छ ।

हालकै अवस्था खोप कार्यक्रम सञ्चालन भएमा अगस्तसम्म भारतले करिब ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने अनुमान गरिएको छ । आफुले राहत महसुस गरेलगत्तै छिमेकी मुलुकहरुलाई खोप दिने तयारी भारतले गरेको हो ।

सबैभन्दा पहिले भारतले नेपाललगायतका छिमेकी राष्ट्रहरुलाई अनुदान स्वरुप लाखौं डोज खोप उपलब्ध गराएको थियो । दुर्भाग्यबस भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्यो र खोप उत्पादनमा समेत कमि आउँदा भारतले खोप निर्यातमा रोक लगाएको थियो ।