हात्तीको आक्रमणमा परी एकको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका २ अवधापुर बस्ने ४० वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणमा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।