भरूवा बन्दुकसहित दुई जना पक्राउ

बैतडी । बैतडीबाट भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–१ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् ।

उनीहरू दुवैलाई बराइल रौटे भन्ने जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  सकार जङ्गलमा चोरी शिकारी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधी खोजी गर्दा दुवैलाई जङ्गलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैमाथि हातहतियार तथा खरखजना ऐनअनुुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।