एकता भएकै हो र ?

काठमाडाैं । एकताको समाचार सुनाउने भनिए पनि त्यस्तो भइसकेको छैन । नेकपा एमालेमा पछिल्लो विवाद आज साम्य हुने र दुई समूहबीच एकता घोषणा हुने समय तय भएको थियो। त्यसका लागि बिहान ८ बजेको समय तोकिएको थियो। यद्यपि समय घर्किँदासमेत ओली नेपालको मिलनको घोषणा हुन सकेको छैन।

आइतवार बिहानैबाट सिंहदरवारमा ओली समूहका कार्यदलका सदस्यहरु माधव नेपाल समूहका नेताहरुलाई कुरिरहेको बताइएको छ। खबर तयार पार्दासम्म नेपाल समूह कार्यक्रममा सहभागी भएका छैनन् ।