कांग्रेसले आफूलाई एमाले भन्ला ? : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेले एमाले हो भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ भनी प्रश्न गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार साँझ कार्यदलबीच सम्झौता भएकोप्रति असन्तुष्टि जनाउँदै अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गरेपछि बाँस्कोटाको भनाई आएको हो ।

बाँस्कोटाले ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘काँग्रेसले आफूलाई एमाले भन्ला त ?’ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपालले गठबन्धन बनाएका छन् । त्यसप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै आएका छन् । उनले देउवाको समर्थनमा २३ सांसदको हस्ताक्षर फिर्ता गर्न शर्त राख्दै आएका थिए । कार्यदलले सोही आशयको निर्णय गरेको छ ।