परमादेशमा लुकेको निहितार्थ

काठमाडाैं । परमादेशमा एक निहितार्थ लुकेको हुन्छ । परमादेश त्यसै हचुवामा जारी गरिँदैन । तमाम कुरा मध्यनजर गरेपछि मात्र परमादेश जारी गरिन्छ जो कुनै पनि हालतमा बदर हुँदैन ।

सर्वोच्चले परमादेश दिएर संसद पुनस्थापना गरिदिएको छ । जसको अर्थ हो पुनः बिचार गरेर मुद्दा नहेर्ने परमादेशका विरूद्ध पुनः अदालत जान सकिँदैन । यसको अर्थ हो संसद पुनस्थापनाका विरूद्ध कुनै पनि रिट निवेदन वा मुद्दा दर्ता गरी अदालतलाइ अल्झाउने वा ढिलासुस्ती गरी अर्को कानुनी प्रक्रिया चलाउन नपाउने गरी यो आदेश दिएको बुुझ्नुर्पदछ । परमादेशको पुनरावलोकन हुँदैन । एक किसिमले सजिलो भाषामा भन्ने हो भने यो जंगेले बोलेपछि बोल्यो बोल्यो जस्तो हो । परमादेशका विरुद्ध कुनैपनि अदालतमा पुनरावेलन र्गन मिल्दैन । यसको मतलब हो ओलीपक्षका कुनै पनि वकिलले अदालतमा पुगेर ओलीलाई अन्याय भयो भनी मुद्दा दर्ता गर्न मिल्दैन । सर्वोच्चले परमादेश दिनु भनेको तिम्रा कर्तुतहरु हामीलाई राम्ररी थाहा छ भनेको हो ।

परमादेश शब्दको परिभााषा विश्वकोशमा यसरी लेखिएको छ ।  परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । परमादेशलाई ल्याटिन भाषामा Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ “हामी आदेश दिन्छौं” भन्ने हुन्छ । परमादेशको कार्यक्षेत्र जतिसुकै फराकिलो भएपनि यसको उद्देश्य कुनै खास काम गर्नका लागि आदेश दिने भएकोले त्यही आदेशको परिधीसम्म मात्र सिमित हुन्छ । वास्तवमा क्षेत्राधिकार नभइ वा भएको अधिकारभन्दा बढी अिधकार प्रयोग गरी काम गरेको अवस्थामा परमादेश जारी हुन्छ । परमादेशले भइसकेको निर्णय खारेज गर्दैन साथै यो तल्लो अदालत वा निकायका विरूद्धको पुनरनवेदन पनि होइन ।