ओलीले सर्वाेच्च अदालतको फैसला नमान्ने

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला नमान्ने बताएका छन् । उनी यति नृशंश भइसकेका छन् कि सर्वोच्चले दिएको परमादेश समेत उनी टेर्न मन पराउँदैनन् । उनी लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा सर्वोच्चको फैसला आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएर अदालतको धज्जी उडाइरहेका छन् ।

फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । ‘सार कुरा उहाँले सर्वाेच्च अदालतको फैसला अहिलेको संसदीय प्रणाली, नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै मूल मर्म र आधारभूत सिद्धान्तको बर्खिलापमा आएकाले त्यसका विरुद्ध सशक्त ढंगले आन्दोलन गरेर जानुपर्छ भन्ने दृष्टिकोण राख्नुभएको छ,’ बैठकपछि स्थायी समिति सदस्य किरण गुरुङले भने । 

बैठकमा उपाध्यक्ष भीमबहादुर रावलले पार्टीद्वारा गठित कार्यदलले अगाडि सारेको १०बुँदे सहमतिको प्रस्तावको औचित्यमाथि प्रकाश पारेका थिए । उनले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् । माधव नेपालसहितको सहभागितामा मंगलबार दिउँसो १ बजे स्थायी समितिको औपचारिक बैठक बस्ने पनि गुरुङले जानकारी दिए ।