हरियाली प्रर्वद्धनसँगै सार्वजनिक जग्गा संरक्षण गर्न बृक्षारोपण : प्रमुख शाक्य

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रको सार्वजनिक जग्गा संरक्षण गर्दै हरियाली प्रर्वद्धन गर्नका लागि काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम मार्फत नै अगाडि बढिरहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले टेकु स्थित विष्णुमती नदी किनारामा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा चाँपको विरुवा रोपी कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न भएका कार्यहरुको बारेमा जानकारी दिनु हुँदै प्रमुख शाक्यले महानगरपालिकामा जनप्रतिनिधि आएपश्चात निकै परिवर्तन भएको र महानगरबासीहरुको आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्ने बताएका छन् ।

बृक्षारोपण गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य

‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ । साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ ।’ हरियालीसँगै सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको छ । ’ महानगरप्रमुख शाक्यको भनाई थियो । महानगरले वडाहरुसँग समन्वय गरेर अहिलेको बर्षा याममा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ ।