भीम रावलको चोखिने प्रयास, दिए सांसदपदबाट राजिनामा

काठमाडौं। पहिले ओली सरकारको आलोचक ठानिएका भीम रावलले सांसदपदबाट राजिनामा दिएर चोखिने प्रयास गरेका छन् ।

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनाको घोषणा गरेका छन्। उनले संसद बैठकअघि पत्रकारहरुमाझ राजिनामा पत्र पढेर सुनाएका थिए।

राजनीतिक दलका उच्च तहका नेतामा स्वेच्छाचारी बढेकाले जनतामा चरम नैरास्यता देखिएको लगायतका आरोप लगाउँदै उनले सभामुखसमक्ष राजिनामा पत्र बुझाएका हुन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए।