ओली पक्षकै चार सदस्यले पनि दिए देउवालाई विश्वासको मत

काठमाडौं । अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय लिन नसकेका एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्।

केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्।

उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका पूर्वसदस्यहरुसहित अन्य केही सदस्यहरु भने तटस्थ बस्ने निर्णयमा पुगेका छन्। ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो।

यता ओली पक्षका प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङ्खे चार सांसदले पनि देउवाको पक्षमा मत दिएका छन्।