ओलीलाई कसैले उचालेकाे थियो, अब नउचालून् : प्रम देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथिको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै आफ्नो सरकारको प्राथामिकता खोप रहेको बताएका छन्। उनले भने, ‘अहिलेको पहिलो प्राथामिकता खोप, दोस्रो प्राथामिकता खोप र तेस्रो प्राथामिकता खोप।’ उनले अहिले खोपबाहेक अन्य प्राथामिकता नहुने भन्दै जीवन बचाउनु पहिलो प्राथाकिता रहेको बताए।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले दुबै छिमेकी तथा सबै अन्तर्राष्ट्रिय मुलुकहरुसँग राम्रो सम्बन्ध राख्नु आफ्नो लक्ष्य हुने बताए। उनले सबै देशहरुसँग राम्रो सम्बन्ध राख्नुको विकल्प नरहेको बताए। उनले छिमेकीसँग राम्रो सम्बन्ध राख्नुबाहेक अरु कुरा नभएको बताए।

सम्बोधनका क्रममा देउवाले सर्वोच्च अदालतले राष्ट्रपतिले आव्हान गरेको बताएका छन्। उनले राष्ट्रपतिले न्याय नदिएपछि कहाँ जाने भन्दै अदालत गएको बताए। उनले ओलीलाइ कसैले उचालेकाे भन्दै अब नउचाल्न अपील गरे। उनले आफै ओलीले त्यस्तो नगरेको भन्दै कसैले उचालेर नै प्रतिनिधिसभा विघटन गरेको बताए। उनले अब भने सबै मिलेर देश बनाउनुपर्ने बताए। उनले कोरोनाविरुद्ध पनि एक भएर लड्न आव्हान गरे।

अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री देउवाले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकोमा चित्त दुखाएका छन्। उनले राखेको प्रस्तावमाथिको प्रश्नमा जवाफ दिँदै ओली अनुपस्थित भएकोमा असन्तुष्टि पोखे।

प्रधानमन्त्री देउवाले भने, ‘हुन त उहाँ (ओली)को स्वास्थ्यमा समस्या भएकाले पनि नआउनु भएको होला। तर, उहाँ आउनु हुन्छ भन्ने मलाई लागेको थियो। मनमोहनले संसदमा सम्बोधन गर्दा म कुदरेर आउथेँ, म बोल्दा उहाँ हिँडेर आउनु हुन्थ्यो।’

सम्बोधनका क्रममा देउवाले विपक्षीले गरेको आलोचनाले आफूले सुझावका रुपमा लिने बताए। उनले भने, ‘यहाँ ठूलो आक्रोश हुन्छ भन्ने लागेको थियो, तर त्यति भएन। जति आलोचना भएको छ, त्यसलाई सुझावका रुपमा लिन्छु। हामी सहिष्षुणता मान्ने पार्टी हौं। विपक्षीमाथि आक्रमण गर्दैनौं।’

प्रधानमन्त्री देउवाले छलफलका क्रममा तत्कालिन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध ल्याइएको अविश्वासको बारे प्रस्ट पारे। छलफलका क्रममा एमाले सांसदले मनमोहन अधिकारीले अस्पतालबाट संसदमा जवाफ दिनुपरेको भन्दै काँग्रेस त्यतिबेला केही समय पनि कुर्न नसकेको आरोप लगाएका थिए।
सोही विषयमा जवाफ दिँदै देउवाले त्यतिबेला ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका अधिकारीलाई काँग्रेसले बाहिरबाट समर्थन गरेको तर, अधिकारी आफूखुशी अगाडि बढेपछि अविश्वासको प्रस्ताव ल्याएको बताए। उनले अविश्वासको प्रस्ताव राखे संसद विघटन गरेकोसमेत बताए।