देउवाले पाए १ सय ६५ मत,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाए। 


कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३  मत परेको हो। एक सांसद तटस्थ रहे। 

देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो। 

प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाएपछि विश्वासको मत प्राप्त भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरे।