रावलको राजिनामा दिने र फिर्ता लिने नाैटंकी

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले सांसदपदबाट राजिनामा दिने र फिर्ता लिने गरेर नाैटंकी देखाइरहेका छन् । उनले एक्कासी दलहरूको काम गर्ने तरिकामा प्रश्न उठाउँदै राजिनामा दिएका थिए । अहिले फेरि नाैटंकी देखाउँदै राजिनामा फिर्ता लिएका हुन् ।

एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । उनकाे याे बचपना हेर्न लायक छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका घोषणा गरेका रावलले पार्टी र जनताको आग्रह भन्दै आज राजिनामा फिर्ता लिएका हुन् ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति ‘सरी’ भनेका छन् ।