काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट भनी बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरान आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै केसीले यस्तो कटाक्ष गरेका हुन् ।
उनले नेपाली जनताले कोभिड १९ विरुद्ध खोप मागिरहँदा नेताले भने भोट मागिरहेको बताए। उनले कम्युनिष्ट बन्नु अहिले फेसन भएको भन्दै कम्युनिस्ट पार्टी र गैर कम्युनिस्टलाई कसरी छुट्याउने भन्दै प्रश्न समेत गरेका छन् ।
‘कम्युनिस्ट पार्टी र गैर कम्युनिस्ट कसरी छुट्याउने ? राजनीतिमा लागेपछि पहिला आफू बन्ने र पछि आफू वरिपरिकालाई बनाउने’ उनले भने। केसीले नेताहरुले जनतालाई मिठा भाषण गरेर हुरुक्क पार्न जानेको पनि बताए। भने, ,’जनतालाई मिठा मिठा भाषण गर्न हामीलाई कसैले सक्दैन। हामीले ३ वर्षमा के गर्यौं? हाम्रो अवस्था त बदलियो हामीलाई विश्वास गर्नेको के भो?’
केपी शर्मा ओली नेतृत्वको सरकारले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको प्रति लक्षित गर्दै केसीले भने, ‘ नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट।’
Add Comment