मन्त्रीपद खुस्किँदा पनि मन्त्री निवास नछाडेका झालाई चाहियो राजबन्दीको रिहाइ


काठमाडाैं । सर्वोच्चले मन्त्रीपद खाइदिएको एक महिनासम्म पनि मन्त्री निवास नछाडेर वितण्डा मच्चाएका जसपा नेता अनिल झा रावबन्दीको रिहाइ चाहियो भन्दै कुर्लिएका छन् । उनी लाज सरम नमानी मन्त्री निवासमा राज भएर पत्रपत्रिकाले खुइल्याउँदा पनि मन्त्री निवास नछाडेका मनुवा हुन् ।

उतिबेला ओलीको मन्त्रीमण्डल बिस्तार हुँदा मन्त्री खान गएका झाको सर्वोच्चको फैसलाले मन्त्री पद चैट् भएको थियो । त्यसपछि पनि यिनी मन्त्री निवासमै विराजमान भइरहे ।

उनैले अहिले रेशम चौधरी लगायतका राजवन्दीहरुको अविलम्ब रिहाइ गर्न माग गरेका छन् । उता म चौधरीले उनको किताबमा टिकापुरका बारेमा लेख्दै मधेसी नेताको मागी खाने जात्राले मधेसी जनताले दुख पाएको लेखेका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिदै नेता झाले एकातिर वार्ता र अर्कोतिर आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने क्रम नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘मधेस आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्दाहरु र लामो समयदेखि जेल जिवन बिताइरहेका रेशम चौधरी लगायत धेरैको मुद्दा फिर्ता लिन ध्यानाकर्षण गराउँछु’, झाले सरकारको ध्यानाकर्षण गराए । उनले मधेस आन्दोलनका मुद्दा सम्बोधन भएमात्रै देशमा शान्ति र स्थिरता आउने दावी समेत गरे ।