उपत्यकामा ९ सय ९९ जनामा संक्रमण पुष्टि

काठमाडौं । असोजसम्ममा डेल्टा भेरियन्टको खतरा नेपालमा पनि भित्रिने चेतावनी विज्ञहरूले दिइरहँदा उपत्यकामा संक्रमित थपिने क्रम बढिरहेको छ ।

आज उपत्यकामा ९९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। थपिएका संक्रमित मध्ये काठमाडौंमा ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएका छन्।