सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग उठिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विदेश नीतिबारे दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका हुन्। 

नेकपा एमालेका सांसद डा. भीम रावलले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पारित गर्न नहुनेमा जोड दिएपछि उनले विदेश नीतिबारेमा दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका हुन्।

हुन पनि नेपालमा विदेश नीतिबारेमा दलहरुको साझा दृष्टिकोण रहेको छैन । यसै कारण नेपालले अन्तराष्ट्रिय स्तरमा हेपिनुपरेको हो ।