यसकारण भएको छ राहुल गान्धीको ट्वीटर ह्याण्डल ब्लक

एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीको ट्वीटर ह्याण्डल अस्थायी रुपमा ‘ब्लक’ भएको छ । ह्याण्डल ब्लक भएपछि उनले नयाँ ट्वीट गर्न पाएका छैनन् ।

कांग्रेसले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘राहुल गान्धीको ट्वीटर एकाउन्ट अस्थायी रुपमा ब्लक भएको छ ।

यसलाई रिस्टोर गर्ने प्रक्रिया जारी छ । तबसम्म उहाँले अरु सामाजिक सञ्जाल मार्फत आफ्नो कुरा प्रस्तुत गर्नु हुनेछ । नागरिकको आवाज उठाइ रहनु हुन्छ ।’

राहुल गान्धीले पछिल्लोपटक अगस्ट ६ मा ट्वीट गरेका छन् । गान्धीले नौ वर्षीय दलित बालिकाको परिवारसँगको भेटको तस्बिर पोस्ट गरेका थिए, जसको दिल्लीमा बलात्कारपछि हत्या भएको थियो । सो पोस्ट पछि हटाइएको थियो ।

यौन उत्पीडनका प्रभावित वा उनका परिवारको पहिचान खुलाउन पाईँदैन । बुधबार गान्धीले बालिकाको परिवारसँग भेट्दाको तस्बिर पोस्ट गरेका थिए ।

सो पोस्टविरुद्ध नेशनल कमिशन फर प्रोटेक्सन अफ चाइल्ड राइट्स (एनसिपिसिआर) ले बुधबार को दिल्ली प्रहरी र ट्वीटरसँग बालिकाको परिवारको तस्बिरसहितको पोस्टविरुछ कारवाहीको माग गरेका थिए । सोही अनुसार गान्धीको एकाउन्ट अस्थायी रुपमा ब्लक भएको हो ।