सुमो दुर्घटना हॅुदा एकको मृत्यु

मकवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन्।

घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको र तीमध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।