सर्वोच्चको आदेश पछि जसपाको एकता खारेजी रोकियो

काठमाडौं । जनता समाजवादी पार्टी खारेजी नहुने भएको छ । सो पार्टी खारेजीका लागि सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि जसमा खारेजी हुनबाट जोगिएको हो । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी ९जसपा० को एकता खारेजी गर्नु पर्ने गरी सोमबार न्यायाधीश डा। आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आदेश दिएका थिए ।

तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले राजपा समाजवादी पार्टीको एकीकरण प्रक्रिया नै नमिलेकाले जसपा खारेज गर्नुपर्ने माग गर्दै रिट दिएका थिए ।