‘पिएसजी जाने एउटा सम्भावना पनि छ’

काठमाडाैं । बार्सिलोनामा आफ्नो अन्तिम पत्रकार सम्मेलन गरेका लियोनेल मेसीले क्लबमा आफ्ना निकै राम्रा क्षण बिताएको उल्लेख गर्दै आफुले गुडबाई भन्नु पर्छ भन्ने कल्पना नगरेको बताएका छन् । बार्सिलोनामा पत्रकार सम्मेलन गर्दै आफुले क्लब छोड्नु पर्दा दुख लागेको बताएका हुन् ।

मेसीले पत्रकार सम्मेलनमा आफु कुन क्लबबाट खेल्ने भन्ने अझै निश्चित नभएको बताएका छन् । मेसीले बार्सिलोनाको विज्ञप्तिपछि आफुलाई धेरै प्रस्ताव आएको बताउदै आफुले अझै निर्णय गरिनसकेको बताए । पिएसजी जान लागेको हो भन्ने प्रश्नमा मेसीले पिएसजीबाट प्रस्ताव आएको स्वीकार गर्दै आफुले यस बारेमा निर्णय गरिनसकेको बताएका छन् । उनले पिएसजी जाने एउटा सम्भावना भएको बताउदै अझै निश्चित नभएको बताए ।

उनले भने- ‘ अहिलेसम्म केहि फाइनल भएको छैन । पिएसजी जाने सम्भावना छ तर बार्सिलोनाको विज्ञप्तिपछि मैले धेरै प्रस्ताव पाएको छु । हामी कुराकानी कै क्रममा छौं ।’ आफ्ना कुरा राखेपछि मेसि भावुक बनेका थिए ।

मेसीले भने- यो धेरै गाह्रो कुरा हो । यसका लागि म तयार थिइन । गत बर्ष म बार्सिलोना छोड्नका लागि तयार थिए तर यस बर्ष म मेरो परिवार बार्सिलोनामै बस्नेमा ढुक्क थियौं ।’

मेसीले अगाडी भने- ‘ आज मैले गुडबाइ भन्दै छु । म यहाँ १३ बर्षको उमेरमा आएको थिए । २१ बर्ष म यहाँ मेरी पत्नी र तीन बच्चासँग बसे ।’ मेसीले केहि बर्ष आफु बाहिर बसेपनि एक दिन बार्सिलोना फर्किने बताए ।