भ्रष्ट जनप्रतिनिधिलाई कार्वाही गर्न सांसद विकको माग

काठमाडौं । तीनवटै तहका जनप्रतिनिधिको आर्थिक हैसियत निकै बढेको देखिएकाले जनप्रतिनिधिहरुले विकास निर्माणको बजेटमा भ्रष्टाचार गरेको हुन सक्ने भन्दै सवै जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न एमाले सांसद आशा कुमारी विकले माग गरेकी छिन् ।

आज बसेको प्रतिनिधिसभाको वैठकमा बोल्दै सांसद विकले तीन तह कै जनप्रतिनिधिले निर्वाचित भएर आएदेखि निकै आर्थिक लाभ लिएका छन् । जनताको लागि सेवा गर्न निर्वाचित भएका तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गरी भ्रष्ट जनप्रतिनिधिहरुलाई कार्वाही गरिनु पर्ने सांसद विकको माग थियो ।