९७ लाख खोप आएकामा ४२ लाख लगाईयो वाँकी खै ?


काठमाडौं । कोभिड १९ विरुद्ध विभिन्न देशहरुले नेपाललाई हालसम्म ९७ लाख खोप उपलब्ध गराएको भएपनि हालसम्म ४२ लाख डोज खोप मात्र जनतालाई लगाइएको छ । स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभामा दिएको जानकारी अनुसार नै भन्ने हो भने पनि ५५ लाख कोभिड १९ विरुद्धको खोप थन्किएर बसको छ । परमादेशबाट सत्ता पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल नै पूरा गर्न नसकिरहेको बेला उनकै सहयात्री स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने ५५ लाख खोपका विषयमा मौन बसेका छन् ।

दिनप्रतिदिन कोभिड संक्रमितहरुको संख्या बढिरहेका बेला सत्ता साझेदारहरुलाई मन्त्रीको भागबण्डा मिलाउन नै व्यस्त देखिएको वर्तमान सरकारले जनतालाई आवश्यक खोप लगाउने विषयमा खासै चासो दिएको भने पाईँदैन । मेडिकल माफियाहरुको जालो भित्रै रहेर काम गरेका स्वास्थय राज्यमन्त्रीले जनतालाई पूर्ण रुपमा खोप लगाइसक्ने म्याद संसदमा भन्न सकेनन् ।
अस्पताल सञ्चालक समेत रहेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबाट जनताल सहि रुपमा स्वास्थ्य सेवा सहज रुपमा पाउलान् भन्ने कुरामा उनले संसदका दिएको अभिव्यक्तिबाट निकै नै शंका देखिएको छ ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५र१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।