नेकपा एमालेद्धारा माधवकुमार नेपाल सहित १४ जनालाई कार्वाही, पद मुक्त गर्न संसद सचिवालयमा पत्र

काठमाडौं । करीव दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको ओली नेतृत्वले पार्टी हितविपरित कार्य गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ ।

आज बसेको वैठकले वरिष्ठ नेता माधवकुमार नेपाल रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

कार्वाही गरिएका सांसदहरुको पद मुक्त गर्नका लागि एमालले संसद सचिवालयमा सूचना समेत दिइएको छ ।