अन्ततः नेकपा एमाले चिरा पर्यो, खुल्ला किताव चिन्ह माग गर्दै माधव नेपाल समाजवादी दल दर्ता गर्न निर्वाचन

आयोगमा काठमाडौं । लामो समयको विवाद पश्चात अन्तत ः नेकपा एमाले चिरा परेको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्ट जनाउँदै करीव दुई तिहाईको आफ्नै पार्टीको सरकार ढाल्न सफल भएका निवर्तमान एमालेका नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

पाटी विभाजन पश्चात नेपाल समूलले पार्टीको नाम नेकपा समाजवादी राख्ने भएको छ । हिजो भर्खरै सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ ।

वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । सोही अनुरुप यतिखेर निवर्तमान एमालेका नेताहरु नेकपा समाजवाद दर्ता गर्न निर्वाचन आयोग पुगेका हुन् । नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।