बाणिज्य बैंकहरुको खराब कर्जा किन बढ्यो ?


काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बाणिज्य वैकहरुले गत आर्थिक वर्षमा निकै मुनाफा देखाएको भएपनि वैकहरु पनि धरापमा परेको देखिन्छ ।

नेपाल राष्ट्र वैकको अनुगमन महाशाखाले खासै चासो नदिएका कारण र आर्थिक प्रभावका कारण वैकहरु दिनप्रतिदिन ओरालो लागिरहेका छन् ।कहरुले नाफाको चर्चा चलाए पनि वास्तविक रुपमा नै वैकहरु घाटामा छन् । वैकहरुले गरेका कर्जा प्रवाहमा धेरै भन्दा धेरै खराव कर्जा रहेका छन् ।

त्यसकारण पनि वैकहरु क्रमश ः ओरालो लागेका छन् । पछिल्लो समयमा भन्ने हो भने कोभिड १९ का कारण पनि बाणिज्य वैकहरुको खराव कर्जा बढ्दै गईरहेको छ । ऋणिहरु व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेपछि वैकहरुको खराव कर्जा बढ्दै गएको हो ।

राष्ट्र वैककै श्रोतलाई उदृत गर्ने हो भने पनि वाणिज्य बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणिज्य बैंकहरुको वार्षिक रिर्पोट अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंकहरुको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ३५ लाखले थपिएर ५० अर्ब २० करोड रुपैयाँ पुगेको हो ।