प्रवक्ताको लोभमा एमालेमै रमाए योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएसँगै प्रवक्ताको रूपमा काम गर्ने भएका हुन् ।

२०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए । १० बुँदे सहमति कार्यान्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् ।

यसबिचमा एमालेले फागुन २३ को फैसलापछि माधव नेपाल पक्षले समानान्तर गतिविधि चलाउन्जेल प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मा दिएको थियो ।