महन्थ पक्षबाट १८ दिन मन्त्री भएका प्राय: सबै लोकतान्त्रिक समाजवादीमा

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यहरुले सनाखत गरेका छन् ।

नयाँ पार्टी गठन प्रकियाका लागि निर्वाचन आयोगले बोलाएपछि नेता महन्थ ठाकुरको पक्षमा रहेका १४ जना सांसद र १७ जना कार्यकारिणी समिति सदस्यले नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । लोसपा दर्ताका लागि यो सङ्ख्या कार्यकारिणी सदस्यको ३३ प्रतिशत र सांसदको ३८ प्रतिशत भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगको फैसलाबाट छुट्टिएको महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि निवेदन दिएको थियो । निवेदनअनुसार आयोगले उक्त समूहलाई बुधबार सनाखतका लागि बोलाएको थियो ।

नयाँ पार्टीका लागि सनाखत गर्ने सांसदहरु:
१. महन्थ ठाकुर
२.राजेन्द्र महतो
३. शरत्सिंह भण्डारी
४. अनिल कुमार झा
५. लक्ष्मण लाल कर्ण
६. चन्दा चौधरी
७. निर्जला राउत
८. विमल प्रसाद श्रीवास्तव
९.उमाशंकर अरगरीया
१०. एकबाल मियाँ
११. चन्द्रकान्त चौधरी
१२. दुलारी देवी खंग खत्वे
१३. कल्लु देवी विश्वकर्मा
१४. शेखर कुमार सिंह

केन्द्रीय कार्यकारिणी सदस्यहरु

१.महन्थ ठाकुर
२. राजेन्द्र महतो
३.शरत्सिंह भण्डारी
४.अनिल कुमार झा
५.सर्वेन्द्रनाथ शुक्ल
६.वृषेशचन्द्र लाल
७. जितेन्द्र प्रसाद सोनार
८.उमाकान्त झा
९. चन्दा चौधरी
१०. लक्ष्मण लाल कर्ण
११.राजकुमार लेखी
१२.केशव कुमार झा
१३.अकवाल अहमद शाह
१४.निर्जला राउत
१५.सुनिल कुमार झा ९रोहित०
१६. दान बहादुर विश्वकर्मा
१७ .रेशम लाल चौधरी