एक दुई पात पहेँलिएर खस्दैमा रुख पीर मानेर बस्दैन : ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा नेकपा एमालेलाई केही फरक नपर्ने दावी गरेका छन्।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा एमालेलाई रुखको संज्ञा दिँदै ओलीले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुख पीर मानेर बस्दैन। नयाँ-नयाँ पालुवा पलाउँदै जान्छ, नयाँ-नयाँ हाँगा हाल्दै जान्छ।’

ओलीले युवापङ्क्तिले अग्रगमन र प्रतिगमनका राम्रोसँग चिन्ने भएकाले नेता र पार्टी छान्न नअल्मलिने बताएका छन्। माधवकुमार नेपालले आफ्नैपार्टीको सरकार ढालेर क्रान्ति गरेको भन्नु हास्यास्पद रहेको समेत उनले बताए ।