एमाले विभाजन हुँदा केहीले नाँचगान र भोजभतेरसमेत गरे : नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले पार्टी विभाजित हुँदा केही एमाले नेताहरुले नाँचगान र भोजभतेर गरेका बताएका छन्।

पेशागत महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफुहरु एमालेबाट बाहिरिँदा केही नेताले खुसीयाली मनाएका टिप्पणी रहेका हुन्।

प्रतिगमनलाई साथ दिन नसकेर एमालेबाट बिदा भएको उनको भनाइ थियो।

गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको पनि नेपालले बताएका छन्। उनले भनेका छन्,‘केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौँ ।’

उनले आफू ओलीजसरी पदमा नबस्ने पनि बताएका छन् । ‘पुष्पलालले केशरजंगसँग विद्रोह गरेर नयाँ पार्टी बनाए। हामीले पनि पुष्पलाललाई पनि छाड्यौँ,’ उनले भनेका छन्, ‘एक कार्यकालभन्दा बढी म पार्टीअको अध्यक्ष पदमा बस्ने छैन। अरु जस्तो नक्कली छैन। एउटा कार्यकाल मात्रै बस्छु, ओली जस्तो होइन।’