वामदेव गौतम एकीकृत समाजवादी पार्टीको उपाध्यक्ष बन्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधवनेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा उपाध्यक्षको भुमिकामा जाने भएका छन् ।

एकीकृत समाजवादीको ‘हाइकमाण्ड’ मा रहेका सदस्य मुकुन्द न्यौपानेका अनुसार केही दिनमै पार्टी को उपाध्यक्ष भूमिकामा गौतम हुनेछन् ।

गौतमसँग वार्ता चलिरहेको र केही दिनमै एमाले छाडेर एकीकृत समाजवादीमा आउने बताए ।

उनले भने ‘वामदेव गौतमलाई म ५० वर्षदेखि चिन्छु, उनले भने ‘एमालेमा राजीनामा दिएर हाम्रै पार्टीमा आउनु हुन्छ । उपाध्यक्षका रूपमा ।’