कर्णालीमा जिप दुर्घटना, ११ यात्रु घाइते


सुर्खेत । कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी गाडीचालक सान्नीत्रिवेणी-१ का विक्रम गिरीको मृत्यु भएको छ। अन्य ११ जना यात्रु घाइते भएका छन्। 

घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।