विमानस्थलमा ९० हजार घुस लिएका दुई प्रहरी पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा विमानस्थलबाट दुई प्रहरीलाई पक्राउ गरिएको हो।

प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सूचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न अँएको छ।