भीडभाड नगरी तीज मनाउन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगरी मनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना सामाग्रीमार्फत कोरोनाभाइरस संक्रमणको जोखिम कायम नै रहेकाले नागरिकमा सतर्कता अपनाउन भनेको हो ।

महिलाको महान चाड तीजमा मन्दिर जाने, दर खाने ,नाचगान गर्ने आफन्तजनसँग भेटभाट गर्ने जस्ता कार्यले संक्रमण झन् बढ्ने सक्ने भएकाले भीडभाड नगर्न मन्त्रालयको आग्रह छ ।