एक हप्तामा सरकारमा जाने, तर आसेपासेलाई नलाने माधव नेपालको उद्घोष

पोखरा । आफ्नै पार्टी नेकपा एमालेमा असन्तुष्टि जनाउँदै विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालले पोखरा पुगेर सरकारमा सामेल हुने उद्घोष गरेका छन् ।

पार्टी विभाजन पश्चात समाजवादीमा संलग्न कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले एक साता भित्र संघ सरकारमा सामेल हुने र लुम्विनी प्रदेश सरकारमा समेत सहभागी हुने तयारी भईरहेको बताएका छन् ।

संविधान दिवसको अवसर पारेर आयोजना गरिएको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाल भने, ‘ हिजो आसेपासेलाई लगेर नियुक्ति गरियो, क्षमता नभएका र अनुचित काम गर्नेलाई पठाइयो अव भने त्यसो हुने छैन । ’

प्रदेश नं १ र बागमती प्रदेशमा केपी ओलीका प्युसोहरुको सरकार हाँकिरहेको भन्दै उनले ती प्यूसाहरुलाई हटाएर नेकपा एकीकृत समाजवादीले नै सरकारमा बनाउने उद्घोष समेत गरे ।