पेश भयो नेकपा एसको राजनीतिक प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

मंगलवारबाट सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।

बैठकमा अध्यक्ष नेपालले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूहसमेत बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

त्यस्तै पहिलो दिनको बैठकले थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएको पनि खतिवडाले बताए।

थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ, ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएकाबाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ,’ उनले भने,‘छलफलका लागि सूची तयार पारेका छौँ र भोलि बिहान १० बजे सम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक भोलि बुधवार पनि बस्ने बताइएको छ।

बुधबारको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने कार्यातालिका रहेको छ।

नेकपा एसले आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनरजागृत गरिने योजना रहेको पनि खतिवडाले जानकारी दिए।